शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउन खुकुलो बनाउने तयारीः बालुवाटारमा प्रधानमन्त्री र विज्ञहरुबीच छलफल चल्दै

बुधबार, २१ जेठ २०७७, १७ : ५०
बुधबार, २१ जेठ २०७७

काठमाडौं । सरकारले विगत ७२ दिनदेखि जारी लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ । पछिल्लो दिनमा सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्नेगरी छलफललाई तिव्रता दिँदै आएको छ । 
यसैक्रममा बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसका विषयमा विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरिरहेका छन् । 

कोरोना भाइरस संक्रमण रोक्न सरकारले अपनाएको लकडाउनको नीति खुकुलो पार्न दवाव परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे सरकोकारवालासँग परामर्श गरिरहेका हुन् । 

गत चैत ११ गतेबाट जारी लकडाउनले देशको अर्थतन्त्रसहित जनजीवन तहस नहस भएको छ भने कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । यस्तो अवस्थामा कसरी अघि बढ्ने भन्नेमा सरकारले सरोकारवालासँग परामर्श थालेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप