प्रहरीद्वारा घाटबाटै शव नियन्त्रण
बुधबार, २१ जेठ २०७७, १६ : ४१
रौतहट । रौतहट प्रहरीले जलाउनै लागेको एकजना महिलाको शव घाटबाटै नियन्त्रणमा लिएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका– १० बालचनपुरस्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ वर्षीय सिमाकुमारीको शव नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले महिलाको शव नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेमबशादुर शाहीले जानकारी दिए ।
मृतक महिलाका श्रीमान मुकेशलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको शाहीले जानकारी दिएका छन् । मृतक महिलाका आफन्तले शंकास्पद मृत्यु भएको भनी प्रहरीमा जानकारी दिएपछि प्रहरीले पाष्ेटमार्टमको लागी शव ल्याएर चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालको शवगृहमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार