शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

युएईमा समस्यामा परेका नेपालीलाई सेन्चुरी बैंकद्धारा राहत सहयोग

बुधबार, २१ जेठ २०७७, १६ : ३५
बुधबार, २१ जेठ २०७७

युएई । नोभल कोरोना (कोभिड–१९)का कारण युएईमा समस्यामा परेका नेपाली नागरिकलाई सेन्चुरी बैंक अन्तर्गत सेन्चुरी रेमिटले सहयोग गरेको छ। सेन्चुरी बैंकले खाद्यन्न तथा दैनीक उपभोग्य सामाग्री सहयोग गरेको हो । 

युएईस्थित आबुधाबीको राहत वितरण टोलीका तर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतका प्रतिनिधीलाई सेन्चुरी रेमिटले ३ सय केजी चामल,५४ लिटर तेल लगायत अन्य खाद्यन्न सामाग्री वितरण गरेको सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलले रातोपाटीलाई बताए।

यसैगरि सेन्चुरी बैंकले गैर आवासीय नेपाली संघ (नेपाल एसोसिएसन)अन्तर्गत राहत वितरण टोलीलाई १ हजार दिर्हाम बराबरको राहत सामाग्री उपलब्ध गराएको थियो। टोलीलाई २ सय केजी चामल,१ सय केजी आलु ,१ सय केजी प्याज,५५ लिटर तेल र अन्य खाद्यन्न सामाग्री उपलब्ध गराइएको सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।  

उक्त सामाग्री नेपाल एसोसएसनका उपाध्यक्ष नरेश शेन, गैरअवासीय नेपाली संघका आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष  विश्वदिप शाह र केशव नेपालमार्फत वितरण गरेका थिए । 

पौडेल लगायत महेश श्रेष्ठ, दुर्योधन कार्की, कृष्ण गौतम, मनोज कुमार सैंजु, भिम श्रेष्ठ पत्रकार द्वय उमाकान्त पाण्डे र रुपेश अधिकारी सम्मिलित एक समुहले लामो समयदेखि युएईको आबुधावीमा समस्यामा परेका नेपालीहरुलाई राहत उपलब्ध गराउदै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप