राजपा र समाजवादीबीच होला आज सहमति ?

काठमाडौं । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी नेपालको नेतृत्वको विषय टुङ्ग्याउनका लागि बैठक बसिरहेको छ । दुवै पार्टीबीच आ-आफ्नो प्रस्तावमा अडिग रहँदा कुरा मिलिरहेको थिएन । समाजवादी पार्टीले महन्थ ठाकुर अध्यक्ष, डा.बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय कमिटीको अध्यक्ष राखेर पार्टी दर्ता गराउन प्रस्ताव गरेको थियो । तर राजपा नेपालले महन्थ ठाकुर अध्यक्ष र डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षमा राखेर पार्टी दर्ता गराउन प्रस्ताव गरेको थियो । त्यो प्रस्तावमा दुवै पक्षबीच कुरा मिलेको थिएन । आज पनि त्यसै विषयमा छलफल भइरहेको छ ।
बैठकमा महन्थ ठाकुरलाई अध्यक्ष, डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष र उपेन्द्र यादवलाई केन्द्रीय कमिटीको अध्यक्ष बनाउने विषयमा छलफल भइरहेको छ । त्यसमा सहमति बनाउने प्रयास भइरहेको जनाइएको छ ।
राजपा नेपालबाट महन्थ ठाकुर अध्यक्ष र डा.बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षमा राखेर पार्टी दर्ता गराउने प्रस्तावमा राजपा नेपालमा पनि एकमत रहेको छैन ।
यो प्रस्तावमा सबभन्दा बढी अडान राजेन्द्र महतोले लिएका छन् । महेन्द्र राययादव, राजकिशोर यादव, शरतसिंह भण्डारी समाजवादी पार्टीको प्रस्तावमा सकारात्मक रहेको स्रोतले जनाएको छ । समाजवादी पार्टीका नेताहरुले पनि नेतृत्वमा कुरा नमिल्नुमा राजपा नेपालका नेताहरुमा नै समस्या रहेको दावी गरेका छन् । तर राजपा नेपालका केही नेताहरुले समान हैसियतमा एकीकरण हुने सहमति भएको हुनाले दुवै पार्टीबाट एकएकजना राखेर पार्टी दर्ता गराउने भनिरहेका छन् भने अर्को पक्षले पार्टी एकीकरणको काम ऐतिहासिक भएको हुनाले नेतृत्वका लागि एकीकरणलाई अड्काउन नहुने धारणा राख्छन् ।
आज दुवै पार्टीमा कुरा मिल्यो भने शुक्रवार पार्टी दर्ता गराउने तयारी रहेको छ । तत्कालिन राजपा नेपालको पार्टी कार्यालय बबरमहलमा बैठक बसिरहेको छ । त्यसमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, राजकिशोर यादव, शरतसिंह भण्डारी रहेका छन् भने समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ, रेणु यादव र पर्शुराम खापुङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीनानाथ शर्माको नेतृत्वमा माओवादी टोली चीन जाँदै
-
ज्ञानेन्द्र शाहको ह्याट्रिक गर्ने रहर
-
तीनकुनेको साइडइफेक्ट बल्खुमा : सुरक्षाकर्मीको उपस्थिति बाक्लो, तस्बिरहरू
-
ट्यारिफ मामिलामा ट्रम्पलाई घेर्दैछन् अर्बपतिहरू, निर्वाचनमा समर्थन गरेकाहरूले गर्न थाले विरोध
-
कम्युनिस्ट एकताको झण्डा छाड्दैनौँ : प्रचण्ड
-
बार निर्वाचन : एमाले-कांग्रेसनिकट गठबन्धनका मिश्रले बढाए मतान्तर, श्रेष्ठ गृह जिल्लामै कमजोर