शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चौतर्फी आलोचनापछि सरकारले कर बुझाउने म्याद थप्यो

बुधबार, २१ जेठ २०७७, १५ : ४४
बुधबार, २१ जेठ २०७७

काठमाडौं । चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ । 

आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गरिएका  जानकारी दिएकाे हो । 

यसअघि कर दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म तोकिएकोमा कोभिड २९ को संक्रमणबाट उत्पन्न असहज परिस्थिततिका कारण म्याद थप गरिएको विभागले जनाएको छ । 

 मूअ करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दोस्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७  गतेसम्म कायम गरिएको विभागले जनाएको छ । 
 अन्तशूल्कतर्फ फागुन, चैत र वैशाखको बुझाउनुपर्ने विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिलाको म्याद पनि असार ७  गतेसम्म नै बनाइएको छ ।

आयकर ऐनअनुसार फागुन, चैत र वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउन म्याद पनि असार ७ नै तय गरिएको छ । 

सरकाले कोरोनाका त्रासकै बीच जेठ २५ कर तिर्न उर्दी जारी गरेको भन्दै चौतर्फी आलोचना भएको थियो ।  

व्यवसायीहरुको नाममा मगंलबार सरकारको जारी गरेको कर तिर्नेसम्बन्धी सूचनाले एकाएक निजी क्षेत्रमा तरंग ल्याइदिएको थियो । लकडाउन (बन्दाबन्दी) रहेकै अवस्थामा तीन महिनाको व्यवसायिक कर तिर्न समय सीमा नै तोकेर सरकारले भुक्तानीको ताकेता गरेपछि व्यवसायिक क्षेत्रमा तरंग र आक्रोश ल्याएको थियो ।

सूचना हेर्नुहाेस्

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप