शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पश्चिम नवलपरासीमा एकैपटक ८ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार, २१ जेठ २०७७, १५ : २३
बुधबार, २१ जेठ २०७७

परासी। पश्चिम नवलपरासीमा एकैदिन ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

जिल्लाको सिमावर्ति गाउँपालिका पाल्हीन्दनमा ७ र बर्दघाट नगरपालिकामा १ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

 संक्रमण पुष्टि हुनेमा बर्दघाट नगरपालिका १६ बस्ने २४ बर्षिय युवक रहेका छन् भने पाल्हीन्दन गाउँपालिका वडा १ का २५ बर्षिय पुरुष, वडा २ का २१ बर्षिय, वडा ३ का ३४ बर्षिय, वडा ४ का २९ बर्षिय र वडा ६ का २०, २१ र ३४ बर्षिय पुरुषहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

क्वारेन्टिनमा रहेका ती व्यक्तिहरुको एकहप्ता अगाडि  परीक्षणका लागि थ्रोट स्वाब नुमना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाइएको थियो । पाल्हीन्दन गाउँपालिकामा भेटिएका कोरोना पोजेटिभहरु मध्ये ३ जना वडा २ स्थित हरपुर क्वारेन्टिनमा रहेका छन् भने ४ जना वडा ४ पाल्हीस्थित क्वारेन्टिनमा रहेको पाल्हीनन्दन गाउँपालिकाले जनाएको छ । उनीहरु सबै भारतको विभिन्न शहरबाट आएका थिए ।

पोजेटिभ देखिएका ती व्यक्तिहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई आइशोलेसन पठाउने तयारी समेत भैरहेको पाल्हीनन्दन गाउँपालिकाले जनाएको छ । 

योसँगै जिल्लामा संक्रमितको सङख्या १५ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप