
कोरोनाका कारण दुई दिनअघि छोरा गुमाएकी वाजिदकी आमालाई पनि संक्रमण

३१ मे मा बलिउडका चर्चित संगीत निर्देशक वाजिद खानको निधन भएको थियो । मृत्यु हुनु केही दिन अघि उनी कोरोनाद्वारा संक्रमित पाइएका थिए । अब साजिद–वाजिदको पारिवारिक स्रोतका अनुसार उनकी आमा रजीना खान पनि कोरोनाद्वारा संक्रमित पाइएको एक भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।
रजीना खानलाई चेम्बूरको सुराना अस्पतालमा भर्ना गरिएको छ । स्मरण रहोस्, यो त्यहि अस्पतालको हो जहाँ वाजिद खानको उपचार गरिएको थियो । स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले साजिद–वाजिदको आमाको स्वास्थ्यमा सुधार आइरहेको र उनको कोरोना परीक्षण नेगेटिभ नआएसम्म उनी केही दिनसम्म अस्पतालमा रहने बताएको छ ।
छोरा वाजिदको निधन भएको भोलिपल्ट उनकी आमामा कोरोना संक्रमण देखिएको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ