
पर्साका थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कालिकामाई गाउँपालिकाका ४ जना र सखुवा प्रसौनी गाउँपालिकाका २ जनाका गरी ६ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।
संक्रमितमा कालिकामाई गाउँपालिकाका ४२, १५, ४५ र ३० वर्षका ४ जना पुरूषहरू रहेका छन् भने सखुवा प्रसौनी गाउँपालिकाका २५ र ४९ वर्षका २ जना परूष रहेको उपाध्यायले जानकारी दिए । नारायणी अस्पतालमा उनीहरुको स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि एको हो ।
उनीहरुलाई नारायणी अस्पताल कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ल्याउने तयारी भइरहेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ