स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि केएमसी अस्पतालका सबै सेवा बन्द
बुधबार, २१ जेठ २०७७, १२ : १०
सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको शिक्षण अस्पतालका आकस्मिकलगायत सबै सेवा बन्द गरिएको छ । अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सबै सेवाबन्द गरिएको प्रेस विज्ञप्तिमार्फत अस्पतालले जनाएको छ ।
अस्पतालले कोरोना पुष्टि भएका विभागमा डिस्इन्फेक्सन गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवाबन्द गरेको बुधबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । काठमाडौँ मेडिकल कलेजको शिक्षण अस्पताल अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमित भएको पुष्टि भएको थियो ।