बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा दुई पक्षबीच झडप, ८ राउण्ड हवाई फायर

बुधबार, २१ जेठ २०७७, १२ : ०५
बुधबार, २१ जेठ २०७७

काठमाडौँ । बुधबार बिहान सप्तरीको छिन्नमस्ता गाउँपालिकामा दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । 

झडपको क्रममा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता तिलक भारतीले रातोपाटीलाई जानकारी दिए ।

झडपको स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले ४ र सशस्त्र प्रहरीले ४ गरी ८ राउण्ड हवाई फायर गर्नुपरेको डीएसपी भारतीले बताए । सशस्त्र प्रहरीका प्रवक्ता प्रविण कुमार श्रेष्ठले स्थिति नियन्त्रण गर्न सशस्त्रले ४ राउण्ड हवाई फायर गर्नुपरेको पुष्टि गरे । 

दुवै पक्षले एक अर्कामाथि घरेलु हतियार, खुर्पा, कोदालो, लठ्ठी, गैचीलगायतले आक्रमण गरेका थिए । स्थिति नियन्त्रणमा आइसकेको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर एक सयभन्दा बढी परिचालन गरिएको छ । 

घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप