शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वडाअध्यक्षको नेतृत्वमा रुकुममा प्रहरी चौकीमा आक्रमण

बुधबार, २१ जेठ २०७७, ११ : ०२
बुधबार, २१ जेठ २०७७

मंगलबार साँझ रुकुमको मुसिकोट नगरपालिका–१४ स्थित छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकी आक्रमण भएको छ । मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा चौकी आक्रमण भएको हो ।

मादप पदार्थ सेवन गरेका वडाअध्यक्ष केसीले २५ जनाको युवा समूह लिएर साँझ चौकी आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणपछि उनीहरु फरार भएका छन् ।

केसी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित वडाअध्यक्ष हुन् । फरार रहेका उनीहरुको खोजीकार्य भइरहेको डीएसपी तिम्सिनाले जानकारी दिए ।

खाना खाइरहेको समयमा आक्रमणकारीहरुले चौकीको पोष्ट भत्काउनुको साथै २ प्रहरी जवानलाई समेत कुटपिट गरेको कर्णाली प्रदेशका डीएसपी तथा प्रवक्ता लोकनाथ तिम्सिनाले बताए ।

सूरमा आक्रमणकारीहरुले प्रहरीको हतियार समेत खोसेको उनको भनाइ छ । तर पछि प्रहरीले बल प्रयोग गरि हतियार फिर्ता गरेको प्रवक्ता तिम्सनाले बताए ।

चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा आठ जना प्रहरी कार्यरत छन् । घटनाबारे थप अनुसन्धान भइरहेको रुकुम प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप