केन्द्रीय संस्करण

भारतबाट फर्किने नेपालीले क्वारेन्टिन भरियो, थप आए राख्ने ठाउँ छैन

person explore access_timeजेठ २१, २०७७ chat_bubble_outline0
सांकेतिक तस्विर

कैलालीका विभिन्न स्थानीय तहका प्रमुखले अहिले पालिकामा सञ्चालन भएका क्वारेन्टिनको विकल्प खोज्नुपर्ने बताएका छन् । भारतबाट फर्किने नेपालीको सङ्ख्या बढ्दै जान थालेपछि व्यवस्थापनमा समस्या भएको तथा फर्कने नेपालीको सङ्ख्या अझै बढ्ने अवस्था देखिएको भन्दै पालिका प्रमुखहरूले यस्तो बताएका हुन् ।
 
कैलालीको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले आफ्नो पालिकामा अब भारतबाट आउनेलाई व्यवस्थापन गर्न नसकिने भन्दै सङ्घीय सरकारका प्रतिनिधि र कैलालीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताएका छन्। प्रमुख चौधरीले ठूलो सङ्ख्यामा आएकाहरूको व्यवस्थापन गर्न क्वारेन्टिनको मापदण्ड पूरा नगरी क्वारेन्टिन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको र त्यस्ता क्वारेन्टिनबाट झनै जोखिम रहेको बताउँदै  विकल्प खोज्नुपर्ने बताए ।

भारतमा रहेका नेपालीको बढ्दो आवागमन तथा पालिकामा मौज्दात रहेको भौतिक संरचना र जनशक्तिले थेग्न निकै चुनौती रहेको कारण क्वारेन्टिनलाई सञ्चालन गरेर नागरिकको व्यवस्थापन गर्न निकै चुनौती रहेको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले बताए । प्रमुख चौधरीले पालिकाभरिका जनप्रतिनिधि, सामाजिक अगुवा, शिक्षक तथा युवा शक्ति लाग्दासमेत व्यवस्थापनमा समस्या भएको भन्दै क्वारेन्टिनको विकल्पमा होम क्वारेन्टिनको व्यवस्थापनलाई अघि सार्नुपर्नेमा जोड दिए ।
    
कैलालीकै गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउद पालिकाभित्र रहेका विभिन्न सामुदायिक विद्यालय तथा सार्वजनिक भवन गरेर ३३ क्वारेन्टिनमा दुई हजार ५०० मानिसलाई राखिरहेको र अझै पनि भारतबाट आउने नेपालीको सङ्ख्यामा कमी नआएकाले पालिका यो भार धान्न सक्ने स्थितिमा नरहेको बताउँछन् । नगरप्रमुख साउद सार्वजनिक क्वारेन्टिनको विकल्पमा होम क्वारेन्टिनको व्यवस्थापनलाई अघि बढाउनुपर्ने बताउँछन् । स्थानीय तहले आफ्नो क्षमताअनुसारको व्यवस्थापन गरिरहेको तर त्यो पूर्णरूपमा पर्याप्त नभएको स्वीकार गर्दै साउदले यो सङ्कट समाधानका लागि कडा केन्द्रीय नीति अघि सारिनुपर्नेमा जोड दिए ।
 
जोखिमपूर्ण क्वारेन्टिनको विकल्पका रूपमा होम क्वारेन्टिनलाई प्रोत्साहन गर्नुपर्ने धारणा कैलालीको लम्किचुहा नगरपालिकाका प्रमुख महादेव बजगाईँको पनि छ । नगरप्रमुख बजगाईँ ठूलो सङख्यामा नेपाली फर्कंदा व्यवस्थापनमा धेरै समस्या भइरहे पनि पालिका क्षमताअनुसारको व्यवस्थापनमा जुटिरहेको बताउँछन् । प्रत्येक वडामा क्वारेन्टिन निर्माण गरेर व्यवस्थापन गर्दा पनि सामूहिक बसाइ, सामूहिक शौचालयको प्रयोग तथा सामूहिक धारा बाध्यात्मकरूपमा प्रयोग गर्नुपर्दा जोखिम रहेकाले क्वारेन्टिनको विकल्पमा होम क्वारेन्टिनको अभ्यासलाई अनुशरण गर्नुपर्ने बताउँछन् । 

पछिल्लो समय भारतबाट आउनेको सङ्ख्या अत्यधिक बढेपछि कैलालीका विभिन्न स्थानीय तहमा ३१६ क्वारेन्टिन निर्माण गरिएका छन् । जसमा दुई हजार ३०० साठी महिला तथा १२ हजार ३१५ पुरुष गरेर जम्मा १४ हजार ६७५  क्वारेन्टिनमा बसिरहेको सुदूरपश्चिम स्वास्थ्य निदेशनालयको तथ्याङ्क छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.