शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल फर्कन दुई दिनअघि कोरियामा  नेपालीद्वारा आत्महत्या

बुधबार, २१ भदौ २०७४, ११ : ५१
बुधबार, २१ भदौ २०७४

काठमाडौं–भिसा अवधि सकिएर नेपाल फर्कन दुई दिन मात्रै बाँकी रहँदा दक्षिण कोरियामा एक नेपालीले  आत्महत्या गरेका छन् । 
बडिकेदार गाउँपालिका वार्ड न २ डोटीका नर बहादुर भाट क्षेत्रीले गत  शनिवार आत्महत्या गरेका हुन् । चार वर्ष १० महिना अघि कृषि कामका लागि दक्षिण कोरिया पुगेका क्षेत्री पर्यटकीय क्षेत्र जेजु आईल्याण्डमा कार्यरत थिए । 
जेजु आईसल्याण्डको सगिफोसी स्थित सुन्तला कम्पनीमा कार्यरत क्षेत्रीले सोहि कम्पनीमा चार वर्ष १० महिना विताएकोमा  थप कार्यअवधिको लागि पुन कोरिया फर्कने गरि भिसा थपेका थिए  । 
ढिलो गरि  सञ्चार माध्यममा ल्याइएको क्षेत्रीको  आत्महत्याका विषयमा स्थानिय प्रशासनसँग समन्वय गर्न जेजु माईग्रेन्ट सेन्टरकी नेपाली विभाग प्रमुख शुभद्रा पालुङवा लिम्बुलाई जिम्मेवारी दिईएको सोलस्थित नेपाली दुतावास नियोग उपप्रमुख किरण शाक्यले जानकारी दिए । 
स्थानीय प्रहरीले पोष्टमार्टम रिर्पोट दिन ढिलो गरेका कारण प्रक्रियामा ढिलो भएकोे बताइएको छ ।  उनी छतको बिममा झुण्डीएको अवस्थामा भेटिएका थिए । 

३२  वर्षिय क्षेत्रीका परिवारलाई घटनाबारे जानकारी गराईएको दुतावासले जनाएको छ । परिवारले शव नेपाल पठाउन पत्राचार गरेपछि दुतावासले शवलाई नेपाल पठाउने प्रक्रिया गर्ने शाक्यले बताए । तीन सय बढि कामदारहरु रहेको जेजु क्षेत्रमा आत्महत्या तथा डिप्रेसन व्यवस्थापनका लागि परामर्श कक्षा संचालन गर्न दुतावासले तयारी गरेको शाक्यले जानकारी गराए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप