कतारबाट स्वदेश फर्किने नेपालीहरुले पालना गर्नुपर्छ अब यस्ता नियम

काठमाडौं । कतारबाट स्वदेश फर्किनै पर्ने नेपालीहरुले हवाई उडान खर्च र होटल क्वारेन्टिन खर्च आफैंले बेहोनुपर्ने भएको छ । कतारस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति (सूचना) जारी गर्दै स्वदेश फर्किन चाहाने नेपालीहरुले हवाई लगायतका खर्च आफैंले बेहोनुपर्ने जनाएको हो । त्यस्तै स्वदेश फर्किने व्यक्तिले विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको सम्बन्धित क्वारेन्टिनसम्मको यातायात खर्च समेत बेहोर्नुपर्ने दूतावासले जनाएका छ । तर सम्बन्धित श्रम गन्तव्य मुलुकले वा रोजगारदाता कम्पनीले वा नेपालस्थित म्यानपावर कम्पनीले केही वा सबै खर्च बेहोर्ने भएमा बाँकी खर्च मात्र सम्बन्धित व्यक्तिले बेहोर्दा हुने दूतावासले जनाएको छ ।
दूतावासले फर्किनुअघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पीसीआर, आरडिटी र अन्य परीक्षण) को प्रमाणपत्र समेत साथमा राख्न आग्रह सबैलाई आग्रह गरेको छ ।
अन्य सूचनाको लागि तलको विज्ञप्ति (सूचना) हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषणका कारण उडानहरू प्रभावित
-
ट्रम्पको ट्यारिफको काउन्टर गर्न सक्छ नेपाल ?
-
प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभालाई सम्बोधन गर्दै
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नाम फेरि परिवर्तन गर्न प्रस्ताव
-
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
-
बल्खुको प्रदर्शनलाई शान्तिपूर्ण बनाउने चुनौतीमा राप्रपा