केन्द्रीय संस्करण

कतारबाट स्वदेश फर्किने नेपालीहरुले पालना गर्नुपर्छ अब यस्ता नियम

person explore access_timeजेठ २०, २०७७ chat_bubble_outline0
file photo

काठमाडौं । कतारबाट स्वदेश फर्किनै पर्ने नेपालीहरुले  हवाई उडान खर्च र होटल क्वारेन्टिन खर्च आफैंले बेहोनुपर्ने भएको छ । कतारस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति (सूचना) जारी गर्दै स्वदेश फर्किन चाहाने नेपालीहरुले हवाई लगायतका खर्च आफैंले बेहोनुपर्ने जनाएको हो । त्यस्तै स्वदेश फर्किने व्यक्तिले विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको सम्बन्धित क्वारेन्टिनसम्मको यातायात खर्च समेत बेहोर्नुपर्ने दूतावासले जनाएका छ । तर सम्बन्धित श्रम गन्तव्य मुलुकले वा रोजगारदाता कम्पनीले वा नेपालस्थित म्यानपावर कम्पनीले केही वा सबै खर्च बेहोर्ने भएमा बाँकी खर्च मात्र सम्बन्धित व्यक्तिले बेहोर्दा हुने दूतावासले जनाएको छ ।
दूतावासले फर्किनुअघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण (पीसीआर, आरडिटी र अन्य परीक्षण) को प्रमाणपत्र समेत साथमा राख्न आग्रह सबैलाई आग्रह गरेको छ । 
अन्य सूचनाको लागि तलको विज्ञप्ति (सूचना) हेर्नुहोस्ः 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.