केन्द्रीय संस्करण

‘भाइरस र विरोधले अमेरिकामा विद्यमान जातीय विभेदको दुरावस्था देखाउँछ’

person explore access_timeजेठ २०, २०७७ chat_bubble_outline0

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीको असङ्गत प्रभाव र जर्ज फ्लोडको मृत्युलाई लिएर भएको प्रदर्शनले ‘स्थानीय असमानता’लाई उजागर गरेको संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्तले मङ्गलबार बताएकी छिन् । उनले यो असमानतालाई सम्बोधन गरिनुपर्नेमा जोड दिएकी छिन् ।
 
‘यो भाइरसले लामो समयदेखि वेवास्था गरिराखिएको ‘स्थानीय असमानता’लाई बाहिर ल्याइरहेको छ’  संयुक्त राष्ट्रसंघ मानवअधिकार उच्च आयुक्त मिसेल बाचलेटद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।  उनले भनेकी छिन्, ‘संयुक्त राज्य अमेरिकामा जर्ज फ्लोयडको ‘मृत्यु’लाई लिएर विरोध भइरहेको छ । यो विरोधले प्रहरीले वर्णका आधारमा गरेको हिंसाको मात्र प्रतिनिधित्व गरिरहेको छैन । स्वास्थ्य, शिक्षा, रोजगारी र स्थानीय जातीय विभेदलाई पनि उजागर गर्दछ ।’

थुनामा रहेकै समय अफ्रिकी मुलका अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा हिंसा भड्किएको छ ।  देशभरका विभिन्न शहरमा प्रदर्शन हुन थालेपछि स्थानीय सरकारहरूले करिब ४० शहरमा निषेधाज्ञा जारी गरेका छन् । केही दिनदेखि भइरहेका देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् । त्यस्तै प्रदर्शनमा सहभागी हजारौँ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउमध्ये केहीलाई प्रहरीले छोडिदिएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.