प्रसूति गृहमा सुत्केरी हुन भर्ना भएकी गर्भवतीलाई कोरोना
मङ्गलबार, २० जेठ २०७७, २१ : ०३
थापाथलीस्थित प्रसूति गृहमा ६ दिनअघि भर्ना भएकी गर्भवती महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । सुत्केरी हुन अस्पताल भर्ना भएकी २२ वर्षीया महिलालाई उच्च ज्वरो आएपछि कोरोना परीक्षण गर्दा पोजेटिभ आएको अस्पतालका निर्देशकडाक्टर जागेश्वर गौतमले बताए ।
सुत्केरी हुनका लागि ६ दिनअघि नै अस्पताल भर्ना भएपनि सुत्केरी बेथा नलागेको उनले बताए । संक्रमित गर्भवती महिलाको अवस्था सामान्य रहेको उनको भनाइ छ । संक्रमित गर्भवती महिलालाई कोभिड अस्तपाल पठाउने तयारी गरिरहेको उनले बताए ।
कोभिड अस्पतालमा सुत्केरी गराउन नमाने प्रसूति गृहमा नै गराउने समेत उनले बताए । गर्भवती महिलामा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मी ट्रेसिङ भइरहेको उनले बताए ।
उपचारमा संलग्न चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राखिसकेको निर्देशक गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन पुगे अमेरिकी विदेशमन्त्री
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश