केन्द्रीय संस्करण

भारतको आसाम राज्यमा भीषण पहिरो, २० जनाको मृत्यु

person explore access_timeजेठ २०, २०७७ chat_bubble_outline0

एजेन्सी । भारतीय उत्तरपूर्वी राज्य आसाम राज्यमा विगत केही दिनदेखि परेको व्यापक वर्षापछि गएको पहिरोमा परी २० जनाको मृत्यु भएको राज्य सरकारका अधिकारीहरूले मङ्गलबार जानकारी गराएका छन् । आसामको चचार, हैलाकाँडी, करिमगञ्जलगायतका जिल्लामा पहिरो गएको छ । प्राप्त सूचनाअनुसार चचारमा सात, हैलाकाँडी सात र करिमगञ्जमा छ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एकै परिवारका धेरै सदस्यहरू पनि रहेका बताइएको छ । 

चचारका जिल्ला विपद व्यवस्थापन कार्यालयका आयोजना प्रमुख शमिम लश्करले भने, ‘चारमा मङ्गलबार पहिरो जाँदा सात व्यक्तिको मृत्यु भएको छ भने केही घाइते भएका छन् । चचारमा मृत्यु भएकामध्ये छ जनाको मृत शरीरलाई पहिरोबाट बाहिर निकालिएको छ भने सातौँ व्यक्तिको खोजी भइरहेको छ ।’

हैलाकाँडीमा पनि पहिरोमा परी सात व्यक्तिको मृत्यु भएको र ५ जना घाइते भएको जिल्लाकाा उच्च अधिकारीले पुष्टि गरेका छन् ।  भारतीय प्रहरीका अतिरिक्त उप–आयुक्त इएल फाइरहेमले सिन्ह्वासँग भने, ‘हैलाकाँडीको अल्गापुर क्षेत्रमा गएको पहिरोमा परी सात व्यक्तिको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइते पाँचै जनालाई स्थानीय अस्पतालमा पु¥याइएकोमा दुई जनालाई सामान्य उपचारपछि घर पठाइएको छ भने तीन जनाको अस्पतालमा भर्ना गरी उपचार सेवा भइरहेको छ ।’ स्थानीय सञ्चारमाध्यमका अनुसार करिमगञ्जमा कम्तीमा ६ व्यक्तिको मृत्यु भएको र अन्य १० जना घाइते भएका छन् । Photo: The indian Express 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.