बेलायत र ईयुबीच ब्रेक्जिटबारे चौथो चरणको वार्ता प्रारम्भ

एजेन्सी । बेलायत र यूरोपेली संघ (ईयू) ले मङ्गलबारदेखि बेलायतको ईयूबाट बहिर्गमनका बिषयमा चौथो चरणको वार्ता सुरू भएको छ । लण्डन र ब्रसेल्सका वार्ताकारहरूले भिडियोमार्फत् गरिने उक्त वार्तालाई यस हप्ता गहन वार्ता गर्ने बताइएको छ । गत मे र अप्रिलमा भएको तेस्रो चरणको वार्ताले कुनै तार्किक निश्कर्षमा पुग्न सकेको थिएन । वार्ता निष्कर्षमा नपुग्नुलाई लण्डन र ब्रसेल्स दुवै पक्षले एक आपसमा दोषारोपण गरेका थिए ।
बेलायती टापुको तटमा माछा मार्ने अधिकारको भविष्यमाथि दुवै पक्षका सयौँ वार्ताकारहरू सहभागी भै आफ्ना धारणा राख्ने बिषय नै यस चरणको वार्ताको प्रमुख बिषय हुने यूरोपेली सञ्चारमाध्यमहरूले जनाएका छन् ।
चौथो चरणको यो वार्तामा माछा मार्न पाउने अधिकारबारे हुने चार अलग–अलग सत्रमा छलफल हुनेछ भने शुक्रबार छलफलको समिक्षा गर्दै समाप्त हुनेछ । लण्डनबाट प्रकाशित हुने द गार्डियन पत्रिकाले आफ्नो मङ्गलबारको अङ्कमा उक्त टापूमा माछा मार्ने बिषयले बेलायतको अर्थतन्त्रको ०.१२ प्रतिशत योगदान गर्ने भन्दै यो बिषय ब्रेक्जिट छलफलमा पेचिलो बिषय बन्नसक्ने बताएको छ ।
बेलायतले सन् २०२० को जनवरी ३१ मा ईयूको सदस्यता अन्त्य गरेको थियो । यद्यपि ब्रसेल्सको नियम अनुसार डिसेम्बर ३१ सम्म सङ्क्रमणकालिन नियमहरूको पालना गरिरहने छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायतले यो वर्षको अन्त्यपछि सङ्क्रमणकालको अवधिलाई विस्तार गर्न नचाहेको र विवादित विषयलाई त्यस अगावै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । बेलायती प्रधानमन्त्री जोनसनले ईयू नेताहरूसँगको उच्चस्तरीय बैठक गर्नु पहिले यो वार्ता हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
-
दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन
-
गण्डकीमा कर्मचारीको ज्येष्ठता विवाद: पुरानै नियुक्तिलाई कायम गर्न माग