प्यूठानका एक जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, २० जेठ २०७७, १९ : २४
प्यूठान । प्यूठान जिल्लामा पनि एक जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वर्गद्वारी नगरपालिका ४ भिंग्र स्थित अमर क्याम्पसको क्वारेन्टाइनमा बसेका ५९ वर्षीय पुरुषमा मंगलबार कोरोना पुष्टि भएको हा ।
स्वास्थ्य मन्त्रालयका अनुसार वडा नम्वर ४ बाझिपुरका पुरुषमा कोरोना देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वर्गद्वारी नगरपालिकाका स्रोतले जनाएको छ । उनी हालै भारतको चेन्नेईबाट आएपछि क्वारेन्टिनमा बसेका थिए ।
जेष्ठ १३ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका उनीसँगै अमर क्याम्पसको क्वारेन्टिनमा बसेका १० जनाको स्वाब संकलन गरी पठाइएकोमा उनको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य प्रमुख दल बहादुर केसीले बताए । कोरोना पुष्टि भएका उनलाई आईटी पार्क जिमुरपाटामा राखेर उपचार गरिने केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार