केन्द्रीय संस्करण

वर्षायामसँगै डेङ्गुको सङ्क्रमण बढ्ने सम्भावना

person explore access_timeजेठ २०, २०७७ chat_bubble_outline0
file photo

–शरद शर्मा
काठमाडौं । नेपालमा कोभिड–१९० को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो लामखुट्टे अलि ठूलो आकारको छिर्केमिर्के रङ्गको हुने गर्दछ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले कोभिड–१९ को महामारीसँगै बर्खायाम शुरु भएकाले डेङ्गुको महामारीसमेत देखिन थालेको बताए । उनका अनुसार विभिन्न ठाउँमा पानी जम्ने र ती ठाउँमा लामखुट्टे बढ्ने भएकाले डेङ्गु रोग देखिन थालेको हो । डेङ्गु रोग वैशाखदेखि मङ्सिरसम्म देखिने गर्दछ । 

गत वर्ष नेपालमा ६८ जिल्लामा १६ हजारमा डेङ्गु रोग देखिएकामा छ जनाको मृत्यु भएको थियो । महाशाखाकाका अनुसार यो गत पुषदेखि अहिलेसम्म २६ जिल्लाका ८२ जनामा डेङ्गु देखिएको छ । त्यसमध्ये सबभन्दा बढी रुपन्देही जिल्लामा ३५ जनामा देखिएको छ । धेरै जनामा यस रोगको लक्षण मध्यम खालको र केहीमा कडा खालको रहेको हुन्छ । डेङ्गु रोगको समयमा उपचार नगरे मृत्यु पनि हुन सक्ने उनले बताए । 

यो शहर तथा शहरोन्मुख ठाउँमा बढी पाइने गर्दछ । डेङ्गे ज्वरो छोटो समयमा हुने भाइरल रोग हो । यसका लक्षणमा एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मासपेशी तथा जोर्नी दुख्ने, आँखाको गेडी दुख्ने, पेट तथा आन्द्रामा गडबढी र दादहरु आउने हुने गर्दछ । केही बिरामीमा शुरुमा शरीरमा विमिरा र दादहरु पनि देखिने गर्दछ । ज्वरो आएको अवस्थामा नाक तथा गिजाबाट रक्तस्राव हुने गर्दछ । यो रोगको राम्रोसँग उपचार भयो भने निको हुने महाशाखाका निर्देशक डा.पाण्डेले बताए ।  

नेपालमा पहिलोपटक २००४ मा डेङ्गु देखिएको थिया । हरेक वर्ष डेङ्गु रोग प्रकोपका रुपमा देखिँदै आएको छ । दुई–तीन वर्षको अन्तरालमा यो रोगले महामारीको रुप लिएको उनले बर्ताए । यारन्टिन वा घरमा बस्दा कामको सिलसिलामा बाहिर जाँदा डेङ्गुसहित मलेरिया, पखाला र सर्पदंश रोग बढ्ने उनले बताए । डेङ्गु रोगका बिरामीको चिकित्सकको सल्लाहबिना कुनै औषधि प्रयोग गर्न दिनु हुँदैन । 

यो रोग लामखुट्टेबाट रोग सर्ने भएकाले राति वा दिउँसो सुत्दा झुलको प्रयोग गर्नुपर्दछ । यो रोग सार्ने लामखुट्टे मानिसको वरिपरि प्राकृतिक वा कृत्रिम  पानी जमेको ठाउँमा बस्ने भएकाले त्यसलाई सफा राख्नुपर्दछ । खाल्डाखुल्डी, जमेको पोखरी, कुवा, लोटा, खुल्ला बोतल जस्ता ठाउँमा लामखुट्टे हुने गर्दछ । डेङ्गु ज्वरो लागेको अवस्थामा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा जानुपर्दछ । यो रोग चिकित्सको प्रत्यक्ष निगरानीमा उपचार गरे सञ्चो हुने उनले बताए । 

यो रोग पनि कोरोना जस्तै एउटा भाइरसबाट हुने रोग हो । यसको कुनै औषधि (भ्याक्सिन) बनाउन सकिएको छैन । इपिडिमियोलोजी महाशाखाले यस रोगबाट बच्नका लागि प्रदेश र स्थानीय तहमा डाइगोनोष्टिक परीक्षण गर्ने व्यवस्था मिलाएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.