काठमाडौं मेडिकल कलेजमा जचाउन जाने गरेकी गर्भवती महिलामा कोरोना पोजेटिभ

भक्तपुर । काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य जाँचका लागि आउजाउ गरिरहने भक्तपुरकी एक गर्भवती महिलामा कोरोना पोजेटिभ देखिएको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भक्तपुरकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो । ती महिला चाँगुनारायण नगरपालिका वडा नम्बर–३ मा की गर्भवती महिला रहेको खुलेको हो ।
उनी स्वास्थ्य जाँचका लागि सिंगामंगलस्थित काठमाडौं मेडिकल कजेलमा जाने गरेकी थिइन् ।
बैशाख २२ गते जँचाउन गएकी महिला पुनः जेठ ५ गते भिडियो एक्सरे गर्न भनेर अस्पताल गएको पाइएको चाँगुनारायण नगरपालिका वडा नम्बर–३ अध्यक्ष श्यामसुन्दर धिमाललाई जानकारी दिए । यस्तै त्यसको भोलिपल्ट अर्थात जेठ ६ गतेपनि उनी अस्पताल गएको पारिवारिक स्रोतलाई उदृत गर्दै अध्यक्ष धिमालले बताए ।
‘त्यसपछि जेठ ८ र १५ गतेपनि अस्पतालमा गएको देखिन्छ’, वडाअध्यक्ष धिमालले रातोपाटीसँग कुरा गर्दै भने, ‘उनको शल्यक्रिया गरेर बच्चा जन्माउनु पर्ने अवस्था रहेछ ।उनलाई अस्पतालका डाक्टरले पहिला पीसीआर टेष्ट गरेरमात्र अपरेशन गरौं भनेर सल्लाह गरेका रहेछन्, त्यसपछि १५ गते गरिएको परीक्षणको रिर्पोट आज मंगलबार आउँदा पोजेभिभ देखियो ।’
संक्रमित महिला दोस्रोसन्तानलाई जन्म दिने तयारीमा छिन् । यो महिनामानै उनको बच्चा जन्मने मिति चिकित्सकले तय गरेको बुझिएको छ ।
उनका श्रीमान र घर अन्य सदस्य समेत कहीँ कतै नगएकाले अस्पतालबाटनै कोरोना सरेको वडाअध्यक्ष धिमालको भनाइ छ ।
सोही अस्पतालका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको समेत स्वास्थ्य मन्त्रालयले आजको प्रेस ब्रिफिङमा जानकारी दिएको थियो ।
हाल संक्रमित महिलाका घरका सदस्यहरुको पीसीआर परिक्षणको तयारी भइरहेको । उक्तस्थान वरपर शिल गर्न प्रहरीलाई सूचना दिइसकेको समेत वडाअध्यक्ष धिमालले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चो बनाउने कम्पनीमा आगजनी गरेको आरोपमा एकजना मजदुर पक्राउ
-
विद्यालय शिक्षा विधेयकका २७ दफामा सहमति
-
गलत बुझाइले बिआरआईबाट नेपालले फाइदा लिन सकेनः सुजाता कोइराला
-
शिक्षामन्त्रीलाई अखिल क्रान्तिकारीले बुझायो ३८ बुँदे मागपत्र
-
जस बहादुर याक्खाको निर्देशनमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक
-
काठमाडौँमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै, नियन्त्रणका लागि भएन पहल