शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुङ्गामा लकडाउनका बेला महिला हिंसा बढ्यो

मङ्गलबार, २० जेठ २०७७, १८ : १९
मङ्गलबार, २० जेठ २०७७

–रामहरि श्रेष्ठ 
ओखलढुंगा । नेपालमा लकडाउन सुरु भएसँगै ओखलढुंगाका महिलाहरु हिंसाको शिकार बन्न थालेका छन् । जिल्ला प्रहरी कार्यलयकाअनुसार लकडाउनको समयमा हिंसा पीडित महिलाहरु उत्तिकै मात्रामा उजुरी लिएर आउने गरेका छन् । प्रहरी निरीक्षक मिलनसिंह बस्नेतकाअनुसार गत चैत्र ११ गतेदेखी जेष्ठ २० गतेसम्मको अवधिमा ओखलढुंगामा ११ वटा हिंसाका घटना दर्ता भएका छन् । यीमध्ये अधिकांश घरायसी हिंसाका घटना रहेको प्रहरी निरीक्षक बस्नेतले बताए ।

घरायसी हिंसामा परेका महिलाले घर परिवारका सदस्यबाटै हिंसा भोग्नुपरेको उजुरी लिएर आउने गरेका छन् । प्रहरीले त्यस्ता घटनालाई पीडित र पीडक दुबै पक्षलाई झिकाएर सकेसम्म मिलापत्र गरेर पठाउने गरेको छ । जिल्ला प्रहरी कार्यलयमा आएका ११ मध्ये ९ वटा घरायसी उजुरीलाई मिलपत्र गरेर पठएइएको छ भने बाँकी दुईओटा उजुरीउपर मुद्धा दायर गरिएको छ । एक महिनाअघि चम्पादेवी गाउँपालिकाका १६ वर्ष मुनिका एक बालकले बालिकालाई जवरजस्ती करणी गरेर गर्भवती बनाएको भन्दै उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान पछि मुद्धा दायर गरेर बाल सुधारगृमा राखिएको छ ।

त्यस्तै गत जेठको पहिलो साता बाल यौन दुरुपयोग गरेको आरोपमा मानेभञ्ज्याङ्ग गाउँपालिकाका एक पुरुषलाई पक्राउ गरी मुद्धा चलाइएको छ । उनले आफ्नै छोरीमाथि यौन दुरुपायोग गरेको आरोप छ । प्रहरी निरिक्षक मिलनसिंह बस्नेतकाअनुसार लकडाउनको समयमा हिंसापीडित नागरिक रिपोर्ट गर्न प्रहरी समक्ष आउन सकेका छैनन् । गाउँघरमा हिंसापीडित नागरिकहरु बढिरहेको भएपनि गाउँमै मिलापत्र हुने गरेको उनको अनुमान छ । यसअघिको तथ्याङकअनुसार जिल्लामा महिला हिसांका घटनाहरु उल्लेख्य हुने गरेका छन् ।

लकडाउनको अवधिमा महिला तथा बालिका हिंसाका घटना बढी रहेको महिलाअधिकारकर्मी  धनकुमारी कार्कीले बताइन् । गाउँघरमा हिंसाका घटनाहरु बढिरहेको भएपनि प्रहरी तथा सबन्धित निकायसम्म कम मात्रै आउने गरेको उनको आङ्कलन छ । पछिल्लो तथ्याँकअनुसार धेरै हिंसा पीडित महिलाहरु आफुहरुको सम्पर्कमा आएको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप