शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शाखा अधिकृतको गैरकानुनी आम्दानी १० करोड बढी

मङ्गलबार, २० जेठ २०७७, १७ : १७
मङ्गलबार, २० जेठ २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरमा कार्यरत अधिकृत बद्री ढकालविरुद्ध १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल २०५४ सालमा शिक्षक हुँदै २०५५ सालबाट निजामती सेवामा प्रवेश गरेका थिए । 

नासु हुँदै हाल उनी ललितपुर मालपोत कार्यालयमा शाखा अधिकृतको रुपमा कार्यरत रहेका छन् ।

निजामति सेवामा प्रवेश गरेपछि ढकालले साली जेठान लगायतका बैंक खाताबाट कारोबार गर्ने गरेको पनि अख्तियारले जनाएको छ ।

 अख्तियारले उजुरीका आधारमा गरेको अनुुसन्धानमा ढकालले सेवाअवधिमा आर्जन गरेको १४ करोड ५३ लाख ८२ हजार ४ सय ९८ रुपैयाँमध्ये १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेर खर्च गरेको भेटिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप