सिटिजन लाइफका बीमितहरुले अब आफ्नो विवरण आफै हेर्न सक्ने
काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लकडाउनको अहिलेको परिस्थितिमा बीमितहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै सिटिजन लाइफ इन्स्योरेन्सको मोबाइलएपमार्फत आफ्नो विवरण आफै हेर्न सकिने सेवा यूजर पोर्टलको शुभारम्भ गरेको छ ।
सिटिजन लाइफको एप सजिलै प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । त्यहाँ बाट लगइनमा गएर पोलिसी होल्डर छनौट गरी आफ्नो पोलिसी नम्बर र पासवर्ड राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिनेछ ।
यस एपमार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम,आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्न पर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिन्छ ।
बीमा योजना खरिद गरि सकेपछि आफ्नो विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भ सँगै समाप्त भएको छ । साथ साथै सिटिजन लाइफको यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी, एजेन्ट पोर्टल र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध छ ।
यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्यनजर गरी सदैब आधुनिक तथा नवीनतम प्रविधिलाई ग्राहकको सेवामा ल्याउने योजनाअनुसार अहिलेको यस परिस्थितिमा, घरमै बसेर ई–सेवा, फोनपे, कनेक्ट आइपीएस लगायतका डिजिटल बैङ्किङ्ग सुविधामार्फत बीमा शुल्क तिर्न सकिने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला