शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झुण्डिएको अवस्थामा शव फेला

मङ्गलबार, २० जेठ २०७७, १५ : ५५
मङ्गलबार, २० जेठ २०७७

दाङको लमहीमा एक ब्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली निवासी ४७ बर्षिय नर बहादुर घर्ती मगरको शव झुण्डिएको अबस्थामा फेला परेको हो ।
 लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री स्थित आफ्नै घरको चर्पीमा झुण्डिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिम बहादुर घर्ती मगरले जानकारी दिए । 

शवको पोष्टमार्टमका लागि लमही अस्पताल लगिएको छ । मृतक घर्ती दम, सुगर लगायतका रोगहरु बाट ग्रसित रहेको पारिवारिक स्रोतले जनाएको छ । घर्ती स्वास्थ्य उपचारका लागि सुकौली बाट करिब १ हप्ता अघि बनघुस्री स्थित घरमा आएका थिए ।  घर्तीका ४ छोरा र ३ बुहारी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप