अछामका ९ जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, २० जेठ २०७७, १५ : २३
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ९ जनामा कोभिड–१९ (कोरोनाभाइरस) संक्रमण पुष्टि भएको छ ।
सुर्खेत स्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार अछाम जिल्लाका ९ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देवदत्त जोशीका अनुसार संक्रमितमध्ये ८ जना मेल्लेख गाउँपालिका र १ जना मंगलसेन नगरपालिका निवासी हुन् । यससँगै अछाम जिल्लामा ११ जना कोभिड १९ का संक्रमित फेला परेका छन् ।