केन्द्रीय संस्करण

पत्रकारलाई पीपीई, प्रेस ज्याकेटलगायत सुरक्षा सामाग्री वितरण

person explore access_timeजेठ २०, २०७७ chat_bubble_outline0


 गन्तव्य नेपाल ग्रुपको संयोजनमा कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजताका लागि पिपिई सेट, प्रेस ज्याकेट लगायत स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । 

१६ जेठमा नक्साल स्थित नारायण चौरबाट १२० जना पत्रकारलाई पिपिई सेट, प्रेस ज्याकेट, मास्क, ग्लब्स र स्यानिटाइजर वितरण गरेका गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलले आज दोस्रो चरणमा महाराजगन्ज स्थित कामपा वडा नं ३ को कार्यालय परिसरबाट सो दिन छुटेका ५० भन्दा बढी पत्रकारलाई तिनै सामग्री वितरण गरे । 

वितरणपछि अध्यक्ष अधिकारीले पहिलो चरणमा विविध कारणले छुटेका ५० जनाभन्दा बढी पत्रकारलाई सामाजिक दुरी कायम गर्दै पिपिई सेट, प्रेस ज्याकेट, मास्क, ग्लब्स र स्यानिटाइजर हस्तान्तरण गरिएको र यो क्रम अझै जारी रहने बताए । 
अधिकारीले सामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्व विहार प्रति आभार प्रकट गरेका छन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.