बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशका थप २९ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, २० जेठ २०७७, १३ : ५७
मङ्गलबार, २० जेठ २०७७

काठमाडौं ।  कर्णाली प्रदेशका थप २९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै सो प्रदेशमा कूल संक्रमितको संख्या दुई सय ६२ पुगेको छ । 

मंगलबार प्रदेशका थप २९ जनामा संक्रमण  पुष्टि भएको सामाजिक विकास मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

मंगलबार प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गर्दा सुर्खेत, दैलेख, सल्यान र अछामका २९  जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप