न्यूजिल्याण्डमा अर्को हप्तादेखि कुनै प्रतिबन्ध नलाग्ने प्रधानमन्त्रीद्वारा सम्भावना व्यक्त

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोनाभाइरस महामारी रोकथामका लागि लगाइएको सबै प्रतिबन्धलाई अर्को हप्तादेखि हटाइने सम्भावना रहेको बताएकी छिन् ।
उनका अनुसार त्यसपछि देशमा ‘अलर्ट लेभल–वान’ जारी रहनेछ जसअनुसार सामाजिक दुरीको आवश्यकता हुनेछैन र मानिसहरुलाई जम्मा हुनबाट लगाइएको प्रतिबन्ध पनि हटाइनेछ ।
यद्यपि, उनले देशको सीमा हालका लागि बन्द हुने कुरा भने स्पष्ट पारेकी छिन् ।
मंगलबारको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘चाँडोभन्दा चाँडो कडा लकडाउन लागू गर्ने हाम्रो रणनीतिले फाइदा पुर्याएको छ । साँचो भन्ने हो भने यो आशा गरेभन्दा बढी हो ।’
प्रतिबन्ध कहिलेसम्म जारी रहनेछ ? यसबारे जसिन्डाको क्याबिनेटले २२ जूनमा निर्णय गर्दैथियो तर अब यो बैठक निश्चित मितिभन्दा अघि अर्थात् ८ जुनमा आयोजना गरिँदैछ ।
न्यूजिल्याण्डमा लगातार ११ औं दिन कोरोना भाइरसका कोही पनि नयाँ संक्रमित भेटिएका छैनन् ।
न्यूजिल्याण्डको सरकारले यो लगभग सात हप्ता लामो कडा लकडाउनका कारण सम्भव हुन सकेको छ जसलाई न्यूजिल्याण्डका नागरिकले निकै गम्भीरताका लागि पालना गरे ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
अब गैरबैंकिङ वित्तीय संस्था सम्पत्ति शुद्धीकरणको दायरामा
-
जय शम्भो ! पशुपतिमा मस्त बाबा, तस्बिरहरू
-
महाशिवरात्रिको पूर्वसन्ध्यामा ओली पुगे पशुपति
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)