शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसबाट विश्वभर ३ लाख ७७ हजारको मृत्यु (अपडेट)

मङ्गलबार, २० जेठ २०७७, १३ : ४८
मङ्गलबार, २० जेठ २०७७

पेरिस । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर तीन लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।  एएफपीको गणना अनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र एक लाख ७९ हजारको मृत्यु भएको छ भने २१ लाख ६७ हजार व्यक्ति संक्रमित भएका छन् । 

संयुक्तराज्य अमेरिकामा एक लाख ६ हजार ९२७ जनाको मृत्यु भएको छ भने दोस्रो स्थानमा बेलायतमा ३९ हजार ५१ जना, इटालीमा ३३ हजार ४७५ जना, ब्राजिलमा ३० हजार ४६ जना तथा फ्रान्समा २८ हजार ८३३ जनाको ज्यान गएको छ । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप