केन्द्रीय संस्करण

लकडाउनको अवधिमा निरन्तर सञ्चालित घरेलु मदिराविरुद्धको अप्रेशन

person explore access_timeजेठ २०, २०७७ chat_bubble_outline0

काठमाडौं – लकडाउनको अवधिमा महानगरीय प्रहरी बृत्त थानकोटले अवैध हजारौ लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।

प्रहरी बृत्तले लकडाउन सुरु भएदेखि ९चैत ११० गतेदेखि जेठ १८ गतेसम्म नगरका विभिन्न २३ स्थानहरूमा विशेष अप्रेशन सञ्चालन गरि अबैध घरेलु मदिरा बरामद गरि नष्ट गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले उक्त अवधिमा सञ्चालन गरी १ हजार ४१० लिटर घरेलु मदिरा तथा १६ हजार ४०० लिटर घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरि नष्ट गरिएको जानकारी दिए ।

थानकोट प्रमुख श्रेष्ठले लकडाउनको अवधिमा महानगरीय प्रहरी वृत्त थानकोट तथा मातहत कार्यालयहरूबाट चन्द्रागिरि नगरपालिकाको विभिन्न स्थानहरूमा व्यावसायिक रूपमा उत्पादित घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरी सम्बन्धित व्यक्तिहरूलाई कार्वाही  समेत गरिएको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.