केन्द्रीय संस्करण

अभिनेत्री मोहना कुमारीको कोरोनाभाइरस पुष्टि, परिवार र सहयोगी गरी २३ जना संक्रमित

person explore access_timeजेठ २०, २०७७ chat_bubble_outline0

‘ये रिश्ता क्या कहलाता हे’ जस्ता कार्यक्रममा काम गरिसकेकी टिभी नायिका मोहना कुमारी सिंहमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनका श्रीमान् सुयश रावत, ससुरा तथा क्याबिनेट मन्त्री सतपाल महाराज, सासु अमृता रावत, जेठानी आराध्या र उनका पाँच वर्षका छोरा पनि कोरोनाद्वारा संक्रमित छन् । मोहनाको घरमा काम गर्ने अन्य १७ कर्मचारीमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ । सबै ऋषिकेशको एम्स अस्पतालमा भर्ना छन् ।

सोसल मिडियामा पोखिन् पीडाः

मोहनाले सोसल मिडियामा आफ्नो पीडा बयान गर्दै लेखेकी छिन्, ‘सुत्न सकिरहेकी छैन । यो सुरुवाती दिन हामी सबैका लागि निकै कष्टकर छ । विशेषगरी हाम्रा बच्चा र वृद्ध–वृद्धाका लागि । तर यो सबै छिट्टै समाप्त होस् भनेर म प्रार्थना गरिरहेकी छु । हामी ठिक छौं ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🙏🏽

A post shared by Mohena Kumari Singh (@mohenakumari) on

मोहनाले थपिन्, ‘हामीसँग कसैसँग पनि असन्तुष्टि पोख्ने अधिकार छैन । किनभने यहाँ यस्ता थुप्रै मानिसहरु छन् जसले हामीभन्दा कति गुणा बढी सहनु परेको छ । तर म तपाईंमध्ये हरेकको सन्देश, प्रार्थना र तपाईंले पठाउनुभएको प्रेमका लागि आभारी छु । यसले हामीलाई ऊर्जाशील बनाइराख्छ । हामी सबै तपाईंहरुप्रति मनैदेखि आभारी छौं । तपाईंहरु सबैलाई धन्यवाद ।’

जेठाजुको रिपोर्ट नेगेटिभः

भारतीय मिडियासँगको कुराकानीमा उनले आफू ठिक भएको र उनको पूरा परिवार अस्पतालमा भर्ना भएको बताएकी छिन् । उनी भन्छिन्, ‘मेरो जेठाजुको रिपोर्ट नेगेटिभ आएको छ, तसर्थ उहाँ पूर्ण रुपमा ठिक हुनुहुन्छ । हामीमा मामुली लक्षण देखिएको छ र मलाई लाग्छ कि यो मौसममाभएको परिवर्तनका कारण पनि हुनसक्छ । यहाँ सबैभन्दा राम्रो कुरा त हामीमध्ये कसैमा पनि खासै ठूलो समस्या देखिएको छैन । ’

सबैभन्दा पहिले सासुलाई देखियो कोरोनाः

भारतीय मिडियामा प्रकाशित समाचारलाई विश्वा गर्ने हो भने शनिबार मोहनाकी सासु अमृता रावतको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो  । त्यसपछि स्वास्थ्य विभागले घरमा भएको सबैको परीक्षण गरेको थियो । परिवारका सदस्य र सहयोगीको गरी जम्मा ४१ जनाको स्याम्पल टेस्ट गरिएको थियो जसमध्ये २२ जनाको पोजेटिभ देखियो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.