क्वारेन्टिनमा बसेकालाई दैनिक २०० भत्ता
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको छ । जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यले बताए ।
डडेल्धुरा बहुमुखी क्याम्पस, महेन्द्र माविलगायत क्याम्पसमा बनाएका क्वारेन्टिनमा सबैजना नअटाउने र सबैलाई खाना र खाजा नगरपालिकाले खुवाउन नसक्ने भएकाले स्थानीयस्तरमै वडामा बनाइएका क्वारेन्टिनमा बस्न लगाउने र त्यहाँ बसेका व्यक्तिले आ–आफ्नो घरबाट खानाको व्यवस्था गरे दैनिक रु २०० का दरले भत्ता दिने गरेको उनले बताए ।
अमरगढी नगरपालिकाका ११ वटा वडामा निर्माण भएका १७ वटा क्वारेन्टिनभित्र ६२८ जना रहेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर