शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री वर्षा सिवाकोटी भन्छिन्, ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्ने भाव शब्दमा मात्र सीमित भयो’

मङ्गलबार, २० जेठ २०७७, १३ : २७
मङ्गलबार, २० जेठ २०७७

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले नवराज विक हत्या प्रकरणका दोषीहरुलाई कडा सजाय दिनुपर्ने माग गरेकी छन् ।

बर्षाले सामाजिक संजाल फेसबुकमा एक सन्देशमुलक भिडियो पोष्ट गर्दै उक्त माग गरेकी हुन् ।

‘नवराज विक प्रकरण नेपालमा जातीय विभेदको अन्त्य नभएको भन्ने एउटा उदाहरण हो,’ उनले भनेकी छिन्, ‘यो समयमा आएर यस्तो विभेद गर्नलाई कडा सजाए गर्नुपर्छ ।’

जातीय विभेद कानुनमा भएपनि व्यवहारमा लागू गर्न नसकेका कारण हाम्रो समाजबाट अझै हट्न नसकेको उनको भनाइ रहेको छ ।

वर्षाले ‘मानिस ठूलो दिलले हुन्छ जातले हँुदैन’ भन्ने भाव यस्तै घटनाका कारण शब्दमा मात्र सीमित भएको बताएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप