शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वाग्मती प्रदेशको बजेट अधिवेशन जेठ ३१ मा

मङ्गलबार, २० जेठ २०७७, १२ : ५४
मङ्गलबार, २० जेठ २०७७

हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ ।  त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना र विकास निर्माणका काम, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य र रोजगारलगायत विषयमा छलफल हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेले जानकारी दिए । 
     
त्यसैगरी आगामी असार १ गते वाग्मती प्रदेशको बजेट सार्वजनिक हुने कार्यक्रम छ । प्रदेशसभाको केही दिनअघि बसेको छैटौँ बैठक आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम पारित गरेर स्थगन भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप