बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु

मङ्गलबार, २० जेठ २०७७, १२ : ४७
मङ्गलबार, २० जेठ २०७७

रुखबाट लडेर मृत्यु     
 
गुलरिया नगरपालिका–५ सैलवार बस्ने माहदेव मन्दिरका पुजारी ६५ वर्षीय बादु थारुको आँपको रुखबाट रुखबाट लडेर मृत्यु भएको छ ।  

उनलाई सोही ठाउँस्थित उक्त मन्दिरको कम्पाउण्डभित्र रहेको आँपको रुखबाट लडेर मृत्यु भएको अवस्थामा सोमबार दिउँसो फेला पारिएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भिरबाट खसेको ढुंगा लागेर मृत्यु

हुम्ला– ताजाकोट गाउँपालिका–५ मदाना दलितवाडा बस्ने पाठे नेपालीको छोरी १५ वर्षीया आच्थ नेपालीको घरदेखि करिब ३ सय मिटर पर चौखुट्टे भिरबाट खसेको ढुङगा लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
 
भिरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी उनलाई सोही ठाउँस्थित मदाना स्वास्थ्य चौकी हुम्लातर्फ लैजाने क्रममा  बाटोमै मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

माछा मार्ने क्रममा खोलामा डुबेर मृत्यु

प्युठान – स्वर्गद्वारी नगरपालिका–४ भिंगृकोट बस्ने २८ वर्षीय कुमार रेग्मीको खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको छ । सोही ठाउँ बाँझिपुरस्थित माडी खोलामा माछा मार्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु     
  
मोरङ –  सुनवर्सी नगरपालिका–६ तालगाछी बस्ने ३० वर्षीया निरुतु कुमारी दासको चट्याङ् लागेर सोमबार दिउँसो मृत्यु भएको छ । 

आफ्नै बारीबाट मकै लिई घरतर्फ आउने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि रंगेली टाइम्स अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

मोरङ, रतुवामाई नगरपालिका–६ शान्तिपुर बस्ने २२ वर्षीय नेत्र श्रेष्ठको चट्याङ् लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।  सोही नगरपालिका–५ धाद्रास्थित खेतमा बाख्रा सार्ने क्रममा चट्याङ लागेर घाइते भएका उनलाई उपचारको लागि स्वास्थ्य चौकी सिजुवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करेन्ट लागेर मृत्यु     

सिरहा – लहान नगरपालिका–१७ देबीदह बस्ने ५० वर्षीय लटु चौधरीको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । 

सोही ठाउँ बस्ने सुमिन्द्रा सिंहले खेतमा राखेको कृषि मिटरबाट जडान गरी खेत आल्मुनियमको तारले चारैतिबाट घेरेर राखेको अवस्थामा छुन गई करेन्ट लाग्दा चौधरीको मृत्यु भएको बताइएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप