बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडी : संक्रमितको सम्पर्कमा रहेका ३१ जनाको स्वाब संकलन

मङ्गलबार, २० जेठ २०७७, ११ : ५६
मङ्गलबार, २० जेठ २०७७

डी आर भट्ट

बैतडी । सोमबार कोरोनाभाइसको संक्रमण पुष्टि भएका बैतडीका युवकको सम्पर्कमा रहेका व्यक्तिहरुको पीसीआर परीक्षण गर्न स्वाब संकलन गरेर धनगढी पठाइएको छ । नगरपालिकाको वडा नं ८ का ३४ वर्षीय पुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीसहित ३१ जनाको पीसीआर गर्न स्वाब संकलन गरेर धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाएको नगरपालिकाका स्वास्थ्य संयोजक मदन सिंह महराले जानकारी दिए ।

पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा बसेका २६ जना, खाना बनाउने दुईजना र ३ जना स्वास्थ्यकर्मी गरि ३१ जनाको स्वाब  संकलन गरेर पीसीआर गर्न धनगढी पठाइएको उनले बताए ।

कोरोनासंक्रमण देखिएका युवक जेठ ८ गते भारतको मुम्बईबाट घर आएका थिए । कैलालिको गौरीफन्टा नाका हुँदै स्वदेश आएका उनी ८ गते राति घरमा गएको र ९ गते मात्रै क्वारेन्टाइनमा ल्याइएको स्वाथ्य संयोजक महराले जानकारी दिए ।

शंकास्पद लक्षण देखापरेपछि आरडीटी गर्दा भने रिपोर्ट नेगेटिभ आएको थियो । यही जेठ १५ गते थ्रोट स्वाब संकलन गरेर धनगढी पठाइएको उनमा कोरोना देखिएको  उनले बताए । धनगढीको सेती प्रादेशिक अस्पतालमा सोमबार गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमित युवकसँगै भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा सोमबार बसेका सबैको पीसीआर गर्न स्वाब संकलन गरिने स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए ।

सक्रमित युवकलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा स्थापना गरेको क्वारेन्टाइनमा राखिएको बताउँदै स्वास्थ्य संयोजक महराले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् । यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा रहेका अन्यको खोजी गर्न कन्ट्याक्ट ट्रेसिङको काम समेत गरिने बताए ।

अहिलेसम्म बैतडीका ६ जनामा कोरोना पुष्टि भइसकेको छ । बैतडीको शिवनाथ गाउँपालिकाका २२ वर्षीय पुरुषमा जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने भारतबाट फर्केका शिवनाथ गाउँपालिकाका ४ जनामा यहि जेठ १० गते कोरोना पुष्टि भएको थियो । प्रहरी हिरासतमै कोरोना देखिएका युवकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जनाको धनगढी स्थीत सेतीप्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप