
राष्ट्रियसभा शून्य समयः कोरोना परीक्षण किटको अभाव भएकोप्रति सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले विभिन्न प्रदेशहरुमा कोरोना परीक्षण किटको अभाव भएको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको शून्य समयमा बोल्ने सदस्यहरुले भारतबाट आउनेहरुलाई विना परीक्षण नेपाल प्रवेश गराइएको र धेरै ठाउँमा परीक्षण किट अभाव रहेको बताएका छन् ।
राष्ट्रियसभा सदस्य इन्दु कडरियाको भारतबाट फर्किनेहरुको कुनै परीक्षण नगरी गाउँ फर्किने क्रम बढेको धारणा छ ।
लकडाउनको समयमा बढाएर देशमा भोकमरी, बेरोजगारी, र आर्थिक संकट चुलिने अवस्था रहेकाले आगामी दिनमा लक डाउनको मोडालिटी परीवर्तन गरी आर्थिक गतिविधि अगाडी बढाउने गरी काम गर्नुपर्ने उनको जोड छ ।
अर्की सदस्य कोमल वलीले क्वारेन्टाइन सुधारमा सरकारको ध्यान जान नसकेको बताइन् ।
प्रदेश नम्बर ५ मा संक्रमणको दर उच्च रहेपनि परीक्षण किटहरुको अभाव रहेको प्रति उनले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइन् ।
यसैगरी अर्की सदस्य उदया शर्मा पौडेलले कोरोना संक्रमणको जोखिम मोलेर पनि निरन्तर सेवामा खटिएको संसद सचिवालयका कर्मचारी लगायत अन्य कर्मचारीहरुलाई प्रोत्साहनको व्यवस्था गरी उनीहरुको मनोबल उच्च बनाउनुपर्ने बताइन् ।
सांसद तारादेवी भट्टले सुदूरपश्चिममा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था नुहँदा संक्रमणको दर बढिरहेको प्रति सरकारको ध्यानाकर्षण गराइन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ