
बैतडीको क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु

डीआर भट्ट
बैतडीमा क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी भटनाकै २२ वर्षीया सुनीता लोहारको मंगलबार बिहान मृत्यु भएको हो ।
उनको कोरोना परीक्षण गर्न स्वाब संकलन गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए । मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए ।
लुहारको अवस्था सोमबारसम्म सामान्य रहेपनि मंगलबार बिहानै मृत्यु भएको उनको भनाइ छ । मृतक लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै स्वदेश फकिएकी थिइन् । उनी जेठ १८ गतेदेखि क्वारेन्टिनमा बसिरहेकी थिइन् ।
मृतकसँगै उनका श्रीमान् र १८ महिने बच्चा पनि क्वारेन्टिनमै बसिरहेका थिए । मृतक भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको तर आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन गर्न नपाएको उनका श्रीमान हरिश लुहारले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ