शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा तीनमहिने जुम्ल्याहा बालिका र सुत्केरी कोरोना संक्रमित

मङ्गलबार, २० जेठ २०७७, ०९ : ४९
मङ्गलबार, २० जेठ २०७७

रौतहट : रौतहटमा तीन महिने जुम्ल्याहा दिदीबहिनीमा  कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिकाको दुईजना जुम्ल्याहा बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

केही दिन अघि भारतको दिल्लीबाट  आएका वडा २ को एक दम्पतीको दुईजना जुम्ल्याहा बालिका र सुत्केरी महिला पनि कोरोना भाइरसबाट संक्रमित पुष्टि भएको नगर स्वास्थ संयोजक ईसराजुल खानले बताएका छन् ।

परिवारका तिनजना संक्रमित भएपनि जुम्ल्याहाको बाबुको रिपोर्ट निगेटिभ रहेको संयोजक खानले जानकारी दिए । 

रौतहटको जिंगडियास्थित प्रहरी विद्यालयमा निर्माण भएको आइसोलेसनमा जुम्ल्याहा र सुत्केरीको उपचार भइरहेको र तिनैजनाको अवस्था सामान्य रहेको खानले जानकारी दिए । 

कोरोना भाइरस संक्रमितको मामलामा ईशनाथ दोस्रो स्थानमा रहेको छ । ईशनाथ नगरक्षेत्र अन्तरगत ६८ जना संक्रमित भेटिएका छन् । 

जिल्लामै पहिलो संक्रमित मदर्सा टोलका १९ बर्षिय युवा नारायणी अस्पताल बिरगंजबाट कोरोना जितेर आइसकेका छन् । 

बाँकी ६७ जना संक्रमितको प्रहरी विद्यालय र गौरस्थित नर्सिङ क्याम्पसमा निर्मित आइसोलेसनमा उपचार भइरहेको नगर प्रमुख सन्तोष मेहताले जानकारी दिएका छन् । 

संक्रमित सबैको अवस्था सामान्य रहेको मेयर मेहताले जानकारी दिए । संक्रमित सबैजना लकडाउनको अवधिमा भारतको विभिन्न सहरबाट आएका थिए ।

र्इशनाथ नगरक्षेत्र अन्तरगतको विभिन्न क्वारेन्टिनमा हाल एकहजार नौसय २४ जना रहेका छन् । संकास्पदको पिसिआर रिपोर्ट ढिलो आउने गरेको कारण ठूलो जोखिम भएको जिल्ला अस्पताल गौरका प्रमुख महेस साहले बताए ।

१५ दिन अघि संकलन गरि पठाइएको स्वाबको रिपोर्ट नेगेटिभ आउँदा १५ दिनपछि त्यो मानिस क्वारेन्टिनमा बसेका अन्यबाट संक्रमित हुने जोखिम रहेकाले रौतहटमा पिसिआर जाँच गर्ने मेसिन अपरिहार्य रहेको प्रमुख साहले बताएका छन् । 

मंगलबार बिहान सम्म रौतहटमा कुल दुईसय ३५ जना कोरोना भाईरस बाट संक्रमित पुष्टि भएका छन । जिल्लाको १८ वटै स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बस्नेको संख्या ८ हजार नाघेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप