मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सख्या ४३ पुग्यो

मङ्गलबार, २० जेठ २०७७, ०७ : ५९
मङ्गलबार, २० जेठ २०७७

कैलाली । सुदुरपश्चिम प्रदेशमा कोभिड–१९ को संक्रमित सख्या ४३ पुगेको छ । पछिल्लो समय भारतवाट आएकाहरुमा कोभिड–१९ को संक्रमण पुष्टि हुन थाले पछि संक्रमितको संख्यामा वृद्धि भएको हो ।

सोमबार थप १८ जना कोभिड १९ को संक्रमण पुष्टि भएसंगै प्रदेशमा संक्रमितको संख्या ४३ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट थप १८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो । यता, ६ जना संक्रमित भने उपचारपछि घर गइसकेका छन ।

नयाँ फेला परेका संक्रमतिमा धनगढी उपमहानगरपालिकाका वर्ष २५ का १ जना पुरुष तथा गौरीगंगा नगरपालिका बस्ने ५, १९, २१, २४, २४, २८, ३३, ३५ र ४७ वर्षका ९ जना पुरुष छन् । सोही ठाउँ बस्ने वर्ष २२, २७, २८ का तीन जना महिला छन । कैलालीको बर्दगोरिया गाउँपालिका बस्ने वर्ष २७ का १ जना पुरुषमा संक्रमण देखिएको छ । त्यसै गरि अछाम चौरपाटी गाउँपालिका ३३ वर्षका १ जना पुरुष, डोटी शिखरनगरपालिका २५ का १ जना पुरुष, बैतडी पाटन नगरपालिका ३४ का १ जना पुरुष र कञ्चनपुर शुकलाफाटा नगरपालिका बस्ने ११ महिनाका बालकमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हिजो पुष्टि भएका संक्रमितलाई सेती प्रादेशिक अस्पतालमा ल्याइएको कार्की ले वताए ।

‘भारतवाट आएका नागरिकबाट जोखिम बढेको छ,’ उनले भने, ‘परीक्षणको दायरा बढाएर जोखिमलाई न्युनिकरण गर्न सकिन्छ ।’

आजसम्म ६६८२ जनाको स्वाब नमुना संकलन गरिएको र ५७६७ जनामा परीक्षण गरिएको उनले वताए । ५७४२ को  भने रिपोट नेगेटिभ छ भने ९१५ को थ्रोट स्वाव नमुनाको नतिजा आउन बाँकी रहेको छ ।

आरडिटी विधिवाट २२,५४५ जनाको परिक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २२४०४ जनाको नेगेटिभ छ भने १४१ जनाको पोजिटिभ छ ।

आजसम्म ४९,९५३ जना ब्यतmी हरु क्वारेन्टिनमा रहेका छन् । जस मध्ये ४३,३५७ जना पुरुष र ६५९६ जना महिला रहेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए । प्रदेशका विभिन्न अस्पतालमा ३० जना आईसोलेसनमा रहेर उपचारमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप