मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रेमडेसिविरको खासै असर छैन, हाइड्रोक्सिक्लोरोक्विनमाथि निर्णय आज

मङ्गलबार, २० जेठ २०७७, ०७ : २०
मङ्गलबार, २० जेठ २०७७

कोरोनाभाइरसको सम्भावित उपचार मानिँदै आएको उपचार रेमडेसिविरको प्रयोगपश्चात् यसले मध्यम लक्षण देखिएका बिरामीलाई केही राहत दिएको पत्ता लागेको छ । औषधी निर्माता कम्पनी जिलिएडले कम अवधिका लागि यो औषधीको सेवन गरेकाहरुको नतिजा राम्रो रहेको बताएको छ । कम्पनीको तर्फबाट गरिएको यस्तो घोषणा पछि कम्पनीको सेयरको मूल्य चार प्रतिशतसम्म खस्कियो ।

यसैबीच विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सिक्लोरोक्विनको ट्रायल रोक्ने आफ्नो निर्णयमाथि थप के गर्ने भन्ने बारे मंगलबार निर्णय गर्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मलेरियाको यो औषधीको समर्थन गरेका छन् । मेडिकल जर्नल लेसेन्टमा प्रकाशित एक अनुसन्धानले हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगले बिरामीको मृत्युदरमा वृद्धि भइरहेको दाबी गरेको छ । यो अनुसन्धानपछि विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सिक्लोरोक्विनको ट्रायल रोकेको थियो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप