इजरायली प्रधानमन्त्रीको कार्यालयमा कोरोना

इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनको कार्यालयले यसबारे जानकारी दिएको हो ।
यद्यपि, प्रधानमन्त्री कार्यालयको तर्फबाट जारी बयानमा नेतन्याहू संक्रमित कर्मचारीको सम्पर्कमा नभएको बताइएको छ ।
नेतन्याहू ७० वर्ष पुगिसकेका छन् । बयानमा जारी गरिएअनुसार परीक्षण चलिरहेको छ र संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुका लागि दिशानिर्देश जारी गरिनेछ ।
यसअघि दुई पटक नेतन्याहूले कोरोना संक्रमणको खतरा सामना गरिसकेका छन् । मार्चमा उनका एक सल्लाहकारमा संक्रमणको पुष्टि भएको थियो जबकि अप्रिलमा तत्कालीन स्वास्थ्यमन्त्रीको कोरोनाको परीक्षण गरिएको थियो, यद्यपि, उनको रिपोर्ट नेगेटिभ आएको थियो ।
इजराइलमा हालसम्म कोरोनाका १७ हजार १ सय संक्रमित भेटिइसकेका छन् जबकि २८५ को मृत्यु भइसकेको छ । हालै संक्रमितको संख्यामा तीब्र रुपमा वृद्धि भइरहेको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प
-
सुनसरीमा गोली चलाउने व्यक्तिको पहिचान खुल्यो
-
बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट
-
नयाँ वर्षमा आन्तरिक र बाह्र पर्यटकले भरियो सैलुङ (तस्बिरहरू)
-
एमाले महासचिवको अभिव्यक्ति विवादमा : कर्णालीका मान्छेले गणतन्त्रपछि मात्रै भात खान पाएका हुन् ?
-
‘मिडियाले निराशा बढाउने काम गर्न हुँदैन’