चीनले भन्यो- ‘अमेरिकाको भाग्ने बानी छ’

एजेन्सी । विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध विच्छेद गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमप्रति चीनले कडा टिप्पणी गरेको छ । चिनियाँ विदेश मन्त्रालयले सोमबार संयुक्त राज्य अमेरिकाको यो निर्णयलाई उसको ‘शक्ति राजनीति’ र ‘एकतर्फी सोच’ को संज्ञा दिएको हो । मन्त्रालयले अमेरिकाको उक्त कदमको विश्लेषण गर्दै भनेको छ, ‘अमेरिकाको भाग्नी बानी छ ।’
अमेरिकी कदमको कडा टिप्पणी गर्दै मन्त्रालयले विश्व स्वास्थ्य संगठनलाई थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान समेत गरेकोे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी रोक्न असफल भएको भन्दै विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए ।
विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध समाप्त भएको घोषणा गर्दै ट्रम्पले भनेका थिए, ‘अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध समाप्त भएको घोषणा गरेको छ, किनभने यो अन्तर्राष्ट्रिय एजेन्सी कोरोना भाइरस महामारी रोक्न असफल भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म