बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वडाध्यक्षद्वारा ज्यान मार्ने धम्की दिएको एड्भान्स केमिकल्सको आरोप

सोमबार, १९ जेठ २०७७, १९ : ३२
सोमबार, १९ जेठ २०७७

जनकपुर । संघीय सरकारले कल कारखाना तथा उद्योग संचालन गर्न भनेपछि संचालनमा आएका प्रदेश नम्बर २ स्थित बाराको सिमरामा रहेको एड्भान्स केमिकल्स प्रालिका कर्मचारीलाई ज्यान मार्ने धम्की दिँदा  समेत स्थानीय प्रशासनले बेवास्ता गर्दै आएका छन् ।

एड्भान्स केमिकल्स प्रालिले मापदण्ड विपरित कार्य गरेको भन्दै जितपुर सिमरा वडा नम्बर ५ का वडा अध्यक्ष मोहीत चौधरी लकडाउनको बेला उद्योगमा अनाधिकृत पसेर धाक धम्की दिँदै बन्द गर्न ठाडो निर्देशक दिएपछि एड्भान्स केमिकल्सले उनी विरुद्ध दिएको जाहेरी स्थानीय प्रशासनले दर्ता नगर्दा आज जिल्ला हुलाक कार्यालय बारा मार्फत पठाएका छन् ।

जितपुर बकुलिया क्षेत्रमा रहेका उघोगहरुसित विभिन्न बहानामा चन्दा सहयोग माग्ने र नदिँदा उद्योगभित्र केही स्थानयीहरुलाइ लिएर वडाध्यक्ष चौधरी आउने गर्दा सहयोग स्वरुप माग बमोजिमको रकम नदिँदा हत्या गर्ने धम्की दिएको आरोप एड्भान्स केमिकल्स प्रालिका प्रशासकीय प्रमुख देवीलाल थापाले बताए ।

एड्भान्स केमिकल्स प्रालिले गर्दै आएको कार्य मापदण्ड अनुसार नचलेको, कर्मचारीको स्वाब परिक्षण नगराएको, क्वारेन्टिनको व्यवस्था नभएको, ट्रकमा क्षमता भन्दा बढि लोड गरेको, राति गाडी किन ल्याएको लगायतका विभिन्न प्रश्न तेर्साउँदै कारखाना नै बन्द गर्न वडाध्यक्ष चौधरीले ठाडो निर्देशन दिएको र अटेर गरे ठीक नहुने भन्दै चेतावनी समेत दिए ।

वडाध्यक्ष चौधरीले गत शनिबार सोही वडामा रहेको अम्बर ग्यास र अशोक स्टिल कारखानाको समेत निरिक्षण तथा अनुगमन गर्दै मनोमानी ढंगले तत्काल बन्द गर्न निर्देशन दिएको छन् ।

वडाध्यक्ष चौधरीले समाजिक संजालमा स्टाटस लेखेर सार्वजनिकरुपमै धम्कीपूर्ण शैलीमा कलकारखना नै बन्द गर्न ठाडो आदेश दिएका छन् । 

त्यस्तै शनिबार राती सिमेन्टको कच्चा पद्धार्थ लिएर उद्योगमा पुग्न लागेको ट्रक नियन्त्रणमा लिएर अवरोध सृजना गरेका छन् । मापदण्ड बिरुद्ध क्षमता भन्दा बढि लोड गरेको र चोरी छिपी आएको भन्दै ट्रक नियन्त्रणमा लिएका थिए । सो कुरा समेत सामाजिक संजाल मार्फत नै वडाध्यक्ष चौधरीले जनाएका छन् ।

यता एडभान्स सिमेन्टका प्रबन्धक हरिशंकर कर्णले ट्रकमा क्षमता भन्दा बढि लोड नगरिएको र यदि लोड भएको बताए । प्रबन्धक हरिशंकर कर्णले भने, 'यदी ट्रकमा क्षमताभन्दा बढी सामग्री राखिएको भए सोको अनुगमन र नियन्त्रणमा लिने अधिकार प्रहरीको हो कि वडा अध्यक्षको ?'

एडभान्स सिमेन्टका प्रबन्धक हरिशंकर कर्णले कच्चा पद्धार्थ भन्सार बुझाएर ल्याएको प्रष्ट पारे । उनले वडाध्यक्ष सहित २०/२५ जनाले राति ट्रक नियन्त्रणमा लिएर कर्मचारी र ट्रक चालकलाई कुटपिट गर्दै गाडीमा रहेका कर्मचारीहरुसंग रहेको २ लाख रुपैया भन्दा बढी नगद रुपैयाँ पनि लुटपिट गर्दै वडाध्यक्ष लागतकाले लगेको आरोप लगाए ।

उनले भने, 'शनिबार राति भएको घटना बारे हामीले जाहेरी लिएर आइतवार इलाका प्रहरी कार्यालय सिमरामा पुगेका थियाँै, तर प्रहरीले दर्ता गर्न नमाने पछि आज हुलाक मार्फत रजिष्ट्ररी गरी जाहेरी पठाइयो ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप