शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजपा र समाजवादीद्वारा संविधान संशोधन विधेयक दर्ता

सोमबार, १९ जेठ २०७७, १८ : ३४
सोमबार, १९ जेठ २०७७

काठमाडौं । राष्ट्रिय जनता पार्टीका र समाजवादी  समाजवादी पार्टीले संयुक्त रुपमा नेपालको संविधान दोश्रो संशोधन विधेयक २०७७ दर्ता गरेका छन् ।

सोमबार राजपाका लक्ष्मणलाल कर्ण र समाजवादीका राजेन्द्रप्रसाद श्रेष्ठ नेपालको संविधानका विभिन्न २३ वटा धारा संसोधनको माग गर्दै संघीय संसद सचिवालयमा सो विधेयक दर्ता गरेका हुन् । 

संविधान संशोधन विधेयक दर्ता गर्नका लागि राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादव लगायत नेताहरू संसद सचिवालय सिंहदरबार पुगेका थिए ।

उनीहरुले संविधानमा रहेका नागरिकता, भाषाका विषय लगायतमा संसोधन प्रस्ताव गरेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप