बाँके बस दुर्घटनाका १२ मृतक र २० घाइतेको परिचय खुल्यो (नामावलीसहित)
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा ज्यान गुमाउने सबै १२ जनाको परिचय खुलेको छ । यस्तै मृतकमध्ये ३ जनाको सनाखत भएको छ ।
ज्यान गुमाउनेमा ठेगाना नखुलेका निमबहादुर ओली, देउवीर बिक, बुद्धिराम बिक, सीता पुन, पूर्ण बहादुर पुन, रितेश कार्की, रोल्पा थवाङ ३ का भिमबहादुर बिक र नरेन्द्र बिक रहेका छन् ।
यसैगरी रोल्पा रुन्चेगढी ६ होलेरीका मोहनचन्द्र बिक, दाङको राजपुर ६ का रामकुमार पुन, गुराँस नगरपालिका ४ दैलेखका दानबहादुर खड्का र वीरेन्द्रनगर नगरपालिका सुर्खेतका पवन भण्डारीको पनि मृत्यु भएको छ । खड्का चालक र भण्डारी सहचालक हुन् ।
भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको थियो ।
प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले ११ जनाको घटनास्थलमै मृत्यु भएको थियोे भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा २० घाइते भएका छन् ।
घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ । यसैबीच सबै मृतक र घाइतेको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ । उनीहरु भारतबाट आएका हुनाले स्वाब संकलन गरिएको प्रहरीले जनाएको छ ।
घाइते र मृतकको नामावली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव
-
महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल भैइरहेको छ : मन्त्री चौधरी
-
युवाको विदेश पलायन घटाउन ‘रिटर्नी’को पुनर्स्थापना कसरी गर्ने ?
-
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
अस्ट्रेलियाले विदेशी विद्यार्थीको भिसा नियम कडा बनायो