‘२ नम्बरीका’ कारण तनावमा किरण
काठमाडौैं । लकडाउनका कारण अधिकांश कलाकर्मी घरमै आनन्दले समय बिताइरहेका छन् । तर निर्माता किरण नेपाली भने यतिबेला तनावमा छन् । उनको तनावको कारण यो लकडाउन नभएर फिल्मको ‘२ नम्बरी’ को सुटिङ तथा इकुप्मेन्ट बनेको छ ।
किरण पछिल्लो फिल्म ‘२ नम्बरी’ को छायाँकन पोखरामा चल्दै थियो । आधाआधी पुरा नहुँदै लकडाउनका कारण फिल्मको छायाँकन रोकिन पुग्यो । लकडाउन केही साता त होला नि भनेर फिल्म युनिट छायाँकनको सम्पूर्ण इकुप्मेन्ट पोखरामै राखेर काठमाडौं फर्किएको थियो ।
सरकारले लकडाउन दिन प्रतिदिन लम्ब्याउँदै लगेपछि फिल्म पुरा हुने हो होइन, वा कसरी पुरा गर्ने भन्ने चिन्ता त उनलाई छँदैछ । धेरै चिन्ता उनलाई पोखरमा छाडेर आएको सुटिङ इकुमेन्टको लागेको छ । ‘लकडाउन एक दुई साता त होलानी भनेर पोखराको एक होटलमा सबै इकुमेन्ट राखेर आयौं’ किरणले भने ‘अहिले त्यो इकुमेन्ट सकुल छ छैन भनेर चिन्ता लागिरहेको छ ।’
‘२ नम्बरी’ दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म हो । दयाहाङ राई, पल शाह, बर्षा राउत र भुटानी अभिनेत्री उगेन छोदेन लगायतको मुख्य अभिनय रहने फिल्को लेखन पनि निर्देशक लामाले नै गरेका हुन् । फिल्मको रिलिज मिति यसै वर्षको जनै पूर्णिमा बताइएको थियो ।
‘थन्काएर आएको थिए, चिन्ता लाग्न थालेको छ’ निर्माता किरणले भने ‘थन्काएर युनिटसहित रोकिएको छ । फिल्मको सुटिङ लकडाउनपछि सुचारु हुनेछ । कोरोनाको कहरका कारण करिव आधा सुटिङमात्रै भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द