बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा उठ्यो राष्ट्रपति र प्रधानमन्त्रीको तलब कटौतीको माग (भिडियो)

सोमबार, १९ जेठ २०७७, १६ : २५
सोमबार, १९ जेठ २०७७

काठमाडौं । नेपाली काँग्रेसकी सांसद डिला संग्रौला पन्तले राष्ट्रपति र प्रधानमन्त्रीको पनि तलब कटौती गर्न माग गरेकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि बोल्दै सांसद संग्रौलाले कर्मचारीको भत्ता काटिने तर राष्ट्रपति, प्रधानमन्त्री र मुख्य ब्यक्तिहरुको तलब काट्नुपर्छ कि पर्दैन भन्दै प्रश्न गरिन् । 

उनले बजेटले विभेद गरेको बताउँदै भनिन्– ‘हामीले बजेटमा मितब्ययितता गरेको भन्दै भत्ता कटौती पनि गरिएको छ । तर यो मुलुकको प्रधानमन्त्री, राष्ट्रपति, प्रमुख ब्यक्तिको भत्ता कतौटी गर्नु पर्छकि पर्दैन ? प्रतिपक्षी दलले यो सांसद विकास कोष कोरोना रोकथाम कोषमा ल्याउभन्दा अर्थमन्त्रीले आँखा चिम्लनुभएको छ ।’

अर्थमन्त्रीले विनियोजन गरेको बजेटको शीर्षक हेर्दा अपारदर्शी, असन्तुलित, परम्परागत र संघीयता विपरित रहेको उनले बताइन् । कोरोना पछि पनि नेपाल छ भनेर आशा जगाउने विषयमा बजेटमा नआएको उनले बताइन् । बजेट जनउत्तरदायी भन्दा पनि कार्यकर्ताप्रति उत्तरदायी रहेकोले विनियोजित विधेयकमाथि विचार गर्न नसकिने टिप्पणी गरिन् । 

खर्च हेरेर आम्दानी तय गरिएको भन्दै अहिले राजस्व उठ्ने अवस्था नरहेको उनले बताइन् । उनले अन्तर्राष्ट्रिय र आन्तरिक ऋण पनि लिन सक्ने अवस्था नरहेको बताइन् । उनले कोरोनाको संक्रमण बढिरहेका बेला सरकारले पिसिआर परिक्षणलाई ब्यापक बनाउनुपर्नेमा आरडिटीलाई प्राथमिकता दिनु अनियमितता गर्नलाई हो भन्दै प्रश्न गरिन् ।  ४५ लाखभन्दा बढी विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले मुलुक चलेपनि अहिले उनीहरुको राहतका लागि अर्थमन्त्रीले किन केही बजेट नल्याएको भन्दै प्रश्न गरिन् ।
हेर्नुहोस् भिडियोः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप